काठमाडौं, मंसिर २७ । महालक्ष्मी विकास बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न ‘करर्पाेरेटपे’ प्रणालीको सुरुवात गर्न उक्त सम्झौता गरेको बैंकले जनाएको छ ।
बैंकले व्यावसायिक ग्राहकले बैंकमा नगई आफैले रकमान्तर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायीक भुक्तानी खाताबाटै गर्न जनाएको छ । उक्त प्रणाली मार्फत कनेक्ट आईपीएर वा एनएचसिएल–आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिने बैंकको विज्ञप्तिमा उल्लेख छ ।
उक्त सम्झौतामा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरको बैंकले जनाएको छ ।