Logo

केपी शर्मा ओली यति तलसम्म झर्नुहुन्छ भनेर मैले कल्पनासमेत गरेको थिईनँ : डा. रिजाल (भिडिओसहित)



काठमाडौं, २७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. मिनेन्द्र रिजालले आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको आक्रमणलाई लिएर निन्दा गर्दै उनले यसको कुनै सिमा नभएको टिप्पणी गरे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजाले भने-“रामचन्द्र पौडेल हाम्रो नेतामाथि जुन किसिमले आक्रमण भयो, यसको त कुनै सिमा छैन् । केपी शर्मा ओली यत्ति तलसम्म झर्न सक्नुहुन्छ भनेर मैले कल्पनापनि गरेको थिईनँ । यसरी लामो समयसम्म आफ्नो आस्थाको लागि लडेको मान्छे, सत्तामा भएपछि आफ्नो सत्ताको दुरुपयोग गर्छन् भनेर मैले कल्पनासमेत गरेको थिईनँ ।”

 

रामचन्द्र पौडेललाई आक्रमण नगरेको भए आज कांग्रेसमा सडकमा जाँदैनथियो, बरु सुतेर बस्दथ्यो त्यो त सही हो नि ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा नेता रिजालले भने-“हामी यो बाटोबाट चल्दैन् । निर्वाचित अधिनायकवादी सत्ता चल्न सक्दैन् । ओलीले निर्वाचित सत्तावादी सोचबाट काम गर्नुभएको छ । निर्वाचित मान्छेले नियम, कानून, संविधान मानेर सत्ता चलाउनुपर्छ । त्यो भन्दा बाहिर चलाउन पाउँदैन् । यो संविधानले संसद राखेको छ । संविधानले अदालत राखेको छ । विभिन्न संवैधानिक निकायहरु राखेको छ । नियम, कानून र ऐन छन् । त्यो भन्दा बाहिर बसेर सत्ता चलाउन पाईँदैन् ।”



प्रतिक्रिया दिनुहोस्