Logo

बाबुराम भट्टराईले विप्लव समूहलाई भनेः जनयुद्धको भद्दा नक्कल



काठमाडौं, २७ मंसिर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पछिल्लो गतिविधिको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आलोचना गरेका छन् । उनले चन्द समूहले जनयुद्धको भद्दा नक्कल गरेको टिप्पणी गरेका छन् ।

भट्टराईले ट्वीट गर्दै चन्दसमूहले जनयुद्धको भद्दा नक्कल गर्न खोजेर नीतिकथाको बाँदरले मान्छेले दारी खौरेको नक्कल गर्न खोज्दा आफ्नै नाक काटेको सम्झना गराएको लेखेका छन् । उनले चन्द समूहलाई हिंसा त्याग्न र राज्यलाई सार्थक वार्ता गर्न समेत भनेका छन् ।

भट्टराईले भनेका छन्ः व्यक्तिहत्याको गलत नीतिले कुमार पौडेलहरुलाई नक्कली मुठभेडमा मार्ने सरकारलाई बल पुर्याइरहेछ ।

भट्टराईले लेखेका छन्ः चन्दसमूहले जनयुद्धको भद्दा नक्कल गर्न खोजेर नीतिकथाको बाॅदरले मान्छेले दारी खौरेको नक्कल गर्नखोज्दा आफ्नै नाक काटेको सम्झना गराइरहेछ।व्यक्तिहत्याको गलत नीतिले कुमार पौडेलहरूलाई नक्कली मुठभेडमा मार्ने सरकारलाई बल पुर्याइरहेछ।चन्दसमूहले गलत नीति त्यागोस;राज्यले सार्थक वार्ता गरोस्!



प्रतिक्रिया दिनुहोस्