Logo

नेकपा स्थायी कमिटी बैठक रोक्न दौडधुप



काठमाडौं, २७ मंसिर । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक भोलि बस्दैछ । यसअघिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि सात दिनका लागि बैठक स्थगित गरिएको थियो । यसबीच पनि ओलीलाई बैठकमा आउन मनाउन प्रचण्डलगायत नेताहरु असफल भएका छन् । बरु ओलीले बैठक रोक्न दबाब दिदै आएका छन् ।

भोलिको बैठकमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली नआउने निश्चितप्रायः भएको छ । बरु ओली निकटस्थहरु बैठक रोक्न प्रयासरत छन् । बैठकमा ओलीको सहभागिताका लागि प्रचण्डले सचिवालयमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन फिर्ता गर्नुपर्ने शर्त छ । तर, प्रचण्ड मानेका छैनन् । मध्यमार्गी बाटो खोजेर सहमति निकाल्न ओली निकटस्थहरु इश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेललगायतका नेताहरु सक्रिय छन् ।

आज साँझ स्थायी कमिटी सदस्य शंकर पोखरेल प्रचण्डलाई भेट्न खुमलटार पुगेका । उनले बैठकको पूर्वसन्ध्यामा प्रचण्डसँग भेट्नुलाई अर्थपूर्ण मानिएको छ । आज रातभर बैठक रोक्न या प्रचण्डको प्रतिवेदन फिर्ता गराउन ओली पक्षीय नेताहरु सक्रिय भएका छन् ।



प्रतिक्रिया दिनुहोस्