काठमाडौं,मंसिर २८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले मूल्य बढाएको हो। निगमका अनुसार डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ र पेट्रोलमा एक रुपैयाँले मूल्य बढेको छ।
नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ।