काठमाडौं, २८ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने स्थायी कमिटी बैठक स्थगित् हुने सम्भावना रहेको छ । नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित् हुने बुझिएको छ । आजको बैठकले नै अर्को बैठकको मितिसमेत तय गर्नेछ ।
मंसिर २१ गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा पार्टीमा पछिल्लो समय उत्पन्न विवादको विषयमा छलफल हुनेछ । यसअघिको स्थायी कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित् भएका थिएनन् । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालयमा पेश गरेका राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीको बैठकमा छलफल गरिने नेताहरुले जनाएका छन् । File Photo/RN