Logo

प्रधानमन्त्री ओली सहभागी नेकपा स्थायी कमिटी बैठक केही मिनेटमै सकियो



काठमाडौं, २८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक बसेको केही बेरमै सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी थिए । तर, बैठक नाम मात्रका लागि बसेको देखियो ।

बैठकले ओलीको सहभागिता देखाउने र केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्ने काम गरेको थियो । अर्को बैठक १ पुसको दिउँसो एक बजे बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

नेकपाभित्र विवाद बढिरहँदा अध्यक्ष ओलीले स्थायी कमिटी बैठकमा सहभागी नहुने अडान लिदै आएका थिए । तर, आज उनी सहभागी भएसँगै सहमतिको प्रयास अगाडि बढ्को संकेतका रुपमा बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्