Logo

तिघ्रामा लुकाई ल्याएका पेस्तोल सहित युवक पक्राउ



रौतहट, २८ मंसिर । कटुवा पेस्तोल सहित २१ वर्षीय युवा पक्राउ परेका छन् । राजदेवी नगरपालिका–८ लक्ष्मीपुर गाउँबाट १ थान कटुवा पेस्तोल सहित भारत सितामडी जिल्ला बरौनिया थाना मुसहर मुसहर चोकका नितेस कुमार पटेललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी बेलबिछुवा र सशस्त्र प्रहरी बल नेपाल बिओपी बेलबिछुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पटेलले तिघ्रामा लुकाई ल्याएको पेस्तोल सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्