Logo

५० किलो चरेशसहित पक्राउ



काठमाडौं, २८ मंसिर । ५० किलो लागूऔषध चरेशसहित  एकजना पक्राउ परेका छन् । धादिङको थाक्रे खयरघारीबाट ५० किलो अवैध लागूऔषध चरेश र २ थान मोटरसाइकल सहित गल्छी गोगनपानीका ३४ वर्षका दिपक मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरी राजमार्ग सुरक्षा बेश क्याम्प आदमघाटबाट खटिएको प्रहरीले सडक किनारमा रोकी राखेको बा.९१ प ९३१० नम्बरको र बा.२१ प ८७६ नम्बरको मोटरसाइकल नजिकै उभि राखेको अवस्थामा शंका लागि मगरलाई जाँच गर्दा उक्त चरेश फेला पारी २ थान मोटरसाइकल सहित पक्राउ गरेको जनाएको छ । हाल फरार दुबै मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको बताएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्