Logo

९ जना जुवाडे पक्राउ



नवलपरासी(पूर्व), २८ मंसिर । तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । कावासोतीका गम बहादुर सिंजालीको घरमा तास खेलिरहेको अवस्थामा सिंजाली समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा तास खेलिरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६८ हजार ९ सय १० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्