Logo

ऋषि धमलाको कार्यक्रममा उखु किसानहरुको उद्घोष : यसपटक पैसा लिएरमात्रै घर फर्कन्छौं (भिडिओसहित)



काठमाडौं, २९ मंसिर । उखु किसानहरुले यसपटक पैसा लिएरमात्रै घर फर्कने बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै आन्दोलित उखु किसानहरु राकेश मिश्र, हरिश्याम राय र रामस्वाठ रायले यस्तो बताएका हुन् । सरकारले यसअघि पनि आफूहरुलाई झुठो आश्वासनमात्रै दिएको तर मिल मालिकसँग पैसा उठाईदिन कुनै भूमिका नखेलेको उनीहरुको गुनासो छ । आफूहरुको माग सम्बोधन नगरे देशभरिका किसानहरु आन्दोलनमा उत्रिने र आफूहरुको आन्दोलन सफल हुनेपनि उनीहरुको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस्