Logo

लगातार तीन दिन स्थिर रहेको सुनको मूल्य सामान्य घट्यो, चाँदी भने स्थिर



काठमाडौँ, २९ मङ्सिर। लगातार तीन दिन स्थिर रहेको सुनको मूल्य सामान्य घटेको छ । मंसिर २९ गते, सोमबार सुन तोलामा एक सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार यता सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको भाउ भने सोमबार स्थिर रहेको छ । चाँदी निरन्तर चौथो कारोबार दिन पनि प्रतितोला एक हजार २०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।-मेरोलगानी/File photo



प्रतिक्रिया दिनुहोस्