Logo

यी फरार प्रतिवादीहरु पक्राउ



तनहुँ, २९ मंसिर । विभिन्न मुद्दामा फरार रहेका ९ जना प्रतिवादी प्रहरीले आइतबार पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही जिल्ला अदालत तनहुँबाट विभिन्न मितिमा फैसला भएको दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई फरार रहेका ९ जना प्रतिवादी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा बहुविवाह मुद्दाका व्यास नगरपालिका–१० नयाँबस्तीका पदम बहादुर बिक, सवारी ज्यान मुद्दाका बन्दिपुर चिसापानीका श्यामलाल श्रेष्ठको साथै कुटपिट मुद्दाका फरार १ जना, नाता कायम मुद्दाका फरार ३ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार ३ जना समेत गरी ९ जना रहेका छन् ।

पक्राउ व्यक्तिहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्