Logo

एउटै चलचित्रमा चार वटा भुमिका निभाउदै ऋतिक रोशन



एजेन्सी, २९ मंसिर । बलिउड स्टार ऋतिक रोशनलाई लिएर उनकै पिता राकेश रोशनले योजना बनाइरहेका छन् । कोभड–१९ कारण धेरै समय बितिसकेको छ, तर यस समयमा फिल्म ‘कृष ४’ स्क्रिप्टको अन्तिम रुप दिने काम भइरहेको छ । करोडौ रुपैयाँ बजेटमा बन्न लागेको यो ‘कृष ४’ फिल्ममा राकेश रोशन पुरै तयारीको साथमा मैदानका उत्रिदै छन् । उनी लेखनको टिमको साथमा स्क्रिप्टमा रोमान्चक मोड दिनमा व्यस्त छन् ।

ऋतिक रोशन यस फिल्ममा एक दुई होइन पुरै चार भुमिकामा देखिदैछन् । उनले गर्ने हरेक रोल शसक्त हुनेछन् । ऋतिक सुपरहिरोको भुमिकाको साथै फिमेल सुपरहिरो पनि हुनेछन् ।

अभिनेत्रीको रुपमा किआरा आडवाणीको नाम चर्चामा आएको छ । साथमा एक अन्य हिरोइनलाई पनि लिने भएको छ । स्पेशल इफेक्ट भएको धेरै हलियड मुवि मात्र देखेका भारतीय दर्शकहरुले अब भने ओटीटिमा पनि यस्ता प्रकारका फिल्म र सीरिज हेर्न पाउने भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्