Logo

अनिन्द्रा के हो ?



अनिन्द्रा एक निन्द्रासँग जोडिएको समस्या हो जसबाट विश्वभर लाखौ लाख मानिसहरु प्रभावित भएका छन् । अनिन्द्राको प्रभाव धेरै ठुलो हुन सक्छ । यसले कुनै पनि उमेरका व्यक्तिलाई प्रभावित पार्न सक्छ । यो वयस्क पुरुषको तुलनामा वयस्क महिलाहरुमा धेरै हुने गर्छ ।

अनिन्द्राले विकार र कामको प्रदर्शनलाई काम गराइदिन्छ । अनिन्द्राले सामान्यतया दिनको समयमा निन्द्रा, सुस्त तथा मानसिक वा शारीरिक रुपबाट बिरामी हुने सामान्य अनुभुति बढाउछ । मनोस्थितिमा हुने बदलाब, चिडचिडापन र चिन्ता यसको सामान्य लक्षणसँग जोडिएका छन् ।

अनिन्द्रालाई तीन प्रकारमा बाँडिएको छ ।

अस्थायी अनिन्द्राः यसमा एक देखी तीन रातसम्म रहन्छ ।

एक्युट अनिन्द्राः यसलाई अल्पकालिन अनिन्द्रा पनि भनिन्छ । यसमा केही हप्तासम्म जारी रहन्छ ।

क्रोनिक अनिन्द्राः यसमा सामान्यतया महिनौ र वर्षौसम्म पनि रहन्छ ।

राम्रो गहिरो निन्द्राको लागि घरेलु तथा आयुर्वेदिक उपाय

निन्द्रा महर्षि आयुर्वेदको मौलिक आधार र स्तम्भ मध्ये एक हो । निन्द्रा मानिसको शरीरलाई स्वस्थ तथा सन्तुलित बनाइराख्नलाई निकै महत्वपुर्ण हुन्छ । एक राम्रो र गहिरो निन्द्राले तनावबाट राहत दिनुको साथै जीवन शक्ति बनाईराख्न पनि मद्दत गर्दछ । जब एक मानिस राम्रो र गहिरो निन्द्रा लिन्छ तब उनको शरीरका टिसुहरु फेरी जीवन्त हुन्छन् । उचित निन्द्रा मानिसको शरीर र मस्तिष्क दुवैलाई आराम दिन धेरै आवश्यक हो । तर, अनिन्द्रा आजको समयमा एक आम समस्या बनेको छ ।

निन्द्रा लाग्ने घरेलु उपायको बारेमा आज हामी चर्चा गरौ जसबाट तपाइँलाई एक राम्रो र गहिरो निन्द्राको आनन्द लिन सक्नुहुनेछ ।

राम्रो निन्द्रा लाग्ने टिप्सहरुः

  • कैफिन वा चीनीको सेवनबाट बच्ने
  • तातो दुधको साथमा जाइफल हालेर सेवन गर्ने
  • तोरीको तेलले मालिस गर्ने
  • इलेक्ट्रोनिक उपकरणबाट टाढा हुने
  • निन्द्रा लाग्ने उपाय हो ध्यान
  • राम्रो निन्द्रा लाग्ने उपाय हो योग
  • राम्रो निन्द्राको उपाय हो स्वस्थ आहार
  • गहिरो निन्द्राको उपाय हो जडिबुटिको सेवन
  • नियमित दिनचर्याको पालन गर्ने, नियमित तालिका अनुसार काम गर्ने

राम्रो निन्द्रा आउनको लागि घरेलु उपायहरु

  • स्याउ सेवन गर्ने
  • वेलेरियनको जरा
  • राम्रो निन्द्रा ल्याउन मेथीको जुसको सेवन
  • तातो पानी सेवन
  • नियमित केरा सेवन
  • जाइफलको प्रयोग
  • जीरा उमालेर खाने
  • तातो पानीले नुहाउँने
  • केसरको प्रयोग


प्रतिक्रिया दिनुहोस्