Logo

महालक्ष्मी बैंकमा कर्मचारीकै मिलेमतोमा ठगी, तीन पक्राउ अन्यको खोजी



काठमाडौं, २९ मंसिर । महालक्ष्मी विकास बैंकमा कर्मचारीकै मिलेमतोमा लाखौं ठगी भएको छ । प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । कर्जा अपचलनसम्बन्धी बैंकिङ कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सन्दीप लिम्बू, पूर्ण राई र देवेन्द्र राई छन् । बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा प्रवाह गर्दा अनियमितता गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

कमसल सुन धितो राखी अत्यधिक मूल्यांकन गराई कर्जा लिएर नतिरी ठगी भएको हो । यसमा ऋणीका साथै बैंकका कर्जा शाखाका कर्मचारी तथा सुनजाँचकीको मिलेमतो देखिएको प्रहरी स्रोत बताउँछ ।

कर्जा लिएको वेलाभन्दा सुनको भाउ ४० प्रतिशत वृद्धि हुँदा पनि धितोबाट कर्जा उठ्ने अवस्था नभएपछि घटना प्रहरीमा पुगेको हो । बैंकको केन्द्रीय कार्यालयले दिएको जाहेरीका आधारमा उनीहरू पक्राउ परेका हुन् । थप केही व्यक्तिहरु पक्राउ गर्नुपर्ने भएकाले सिआईबीले यससम्बन्धि विवरण गोप्य राखेको छ ।



प्रतिक्रिया दिनुहोस्