Logo

प्रचण्डलाई पेलेरै बढे ओली, संवैधानिक निकायमा अध्यादेश ल्याएर ऐन संशोधनमार्फत् आजै नियुक्तिको तयारी



काठमाडौं, ३० मंसिर । मन्त्रिपरिषदको बैठकले अध्यादेशमार्फत् संवैधानिक परिषदको काम, कर्तव्य तथा अधिकार सम्बन्धी ऐन संशोधनको सिफारिश गर्ने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरिसकेकी छिन् ।

मन्त्रिपरिषद बैठक सकिनेवित्तिकै राष्ट्रपति कार्यालयबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश, २०७७ जारी भइसकेको छ । मन्त्रिपरिषदको उक्त सिफारिशको निर्णय कतिपय मन्त्रीहरुले चालै पाएनन् । उता राष्ट्रपतिबाट अध्यादेश जारी भइसकेको छ ।

अब अध्यादेशले संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या र निर्णय संशोधन गरेको छ । अब सभामुख अग्नि सापकोटाको अनुपस्थितिमा पनि सैवैधानिक परिषदले नियुक्ति गर्न सक्छ । आज साँझ बस्ने परिषद बैठकले अख्तियारमा प्रमुख आयुक्त देखि आयुक्तको नियुक्ति गर्दैछ । निर्वाचन आयोगसहित संवैधानिक निकायमा रिक्त ४५ सदस्यमध्ये केहीमा नियुक्तिको टुंगो लाग्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्