Logo

ओलीले अध्यादेश ल्याएपछि प्रचण्डले दिए चेतावनी



काठमाडौं, ३० मंसिर । सरकारले संवैधानिक परिषदसम्बन्धी ऐन संशोधन गर्न ल्याएको अध्यादेशविरुद्ध नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कडा आपत्ती जनाएका छन् । उनले अध्यादेश कुनियतले ल्याएको भन्दै तत्काल फिर्ता गर्न चेतावनी दिएका छन् ।

प्रचण्डले संसद अधिवेशन बोलाउनुपर्ने बेलामा अध्यादेश ल्याउनुमा कुनियत भएको टिप्पणी समेत गरेका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमार्फत् सिफारिश गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको संवैधानिक परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी ऐन संशोधनका लागि अध्यादेश आएको छ । योसँगै ओलीले संवैधानिक परिषदको बैठकबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न निकायमा रिक्त पदाधिकारीको नियुक्तिको तयारी गरेका छन् ।

नेकपाभित्र विवाद बढिरहँदा ओलीले अध्यादेशमार्फत् संवैधानिक निकायमा नियुक्तिको तयारीहरु गरेका छन् । यसले उक्त दलभित्रको विवाद चर्केको छ ।
आज मन्त्रिपरिषद बैठकले संवैधानिक परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश सिफारिश गर्ने निर्णय गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश आजै जारी गरिसकेकी छिन् ।-फाइल तस्बिर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्