Logo

विस्तृत आयोजना प्रतिवेदन पेस



काठमाडौं, पुस १ । लगानी बोर्डले सहजीकरण गरिरहेका तीन महत्वपूर्ण परियोजना निर्माणका लागि विकासकर्ता कम्पनीले विस्तृत आयोजना प्रतिवेदन बोर्डमा बुझाएका छन् ।भैरहवा र वीरगञ्जमा बनाउने प्रस्ताव गरिएको प्राइभेट फ्रेट टर्मिनल तथा बल्क ह्यान्डलिङ फ्यासिलिटिज परियोजनाको विकासकर्ता कम्पनीले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बोर्डसमक्ष बुझाएको लगानी बोर्डले जनाएको छ ।

लगानी बोर्ड र विकासकर्ता कम्पनीबीच गत वर्ष मङ्सिरमा अध्ययन गर्ने सम्झौता भएको थियो ।त्यसैगरी विराटनगरमा बनाउने प्रस्ताव गरिएको मल्टी मोडेल लजिस्टिक पार्क निर्माणका लागि सीजी लजिस्टिक्स र सर्राफ ग्रुपले मङ्गलबारै विस्तृत सम्भाव्यता प्रतिवेदन बुझाएको छ । विकासकर्ता कम्पनीले १५ महिनाअघि बोर्डसँग यसका लागि सम्झौता गरेको थियो ।

यसैगरी, झापामा बन्ने चीन–नेपाल औद्योगिक पार्क निर्माणका लागि विकासकर्ता नेपाली साझेदार दमक क्लिन इन्डस्ट्रियल पार्कले सोमबार विस्तृत आयोजना प्रतिवेदन बुझाएको लगानी बोर्डको कार्यालयले जनाएको छ । चीनको लगानीमा बनाउन लागिएको यो पार्क निर्माणका लागि बोर्डले ५८.६१ करोड अमेरिकी डलर लगानी स्वीकृतिसमेत प्रदान गरिसकेको छ ।

त्यसैगरी, वीरेठाँटीदेखि मुक्तिनाथसम्म करिब ८० किलोमिटर लामो केबलकार निर्माणका लागि मुक्तिनाथ दर्शन प्रालिले आयोजना प्रतिवेदन बोर्डसमक्ष बुझाएको

आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्