Logo

तत्काल अध्यादेश फिर्ता लिन माग



काठमाडौं, पुस १ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादको असर संवैधानिक परिषद्मा देखिँदा सरकारले अध्यादेश ल्याएको छ । संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश ल्याएको हो ।

मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन्। अध्यादेश जारी भएसँगै राजनीतिकरुपमा तरंग पैदा भएको छ ।

अध्यादेशको सत्तारूढ दल नेकपासहित प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलगायतका दलहरुले कडारुपमा आपत्ति जनाउँदै तत्काल फिर्ता ल्याउनुपर्ने माग गरेका छन् ।नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्