Logo

ओली-प्रचण्ड भेटवार्ता, स्थायी कमिटी बैठकस्थलमा प्रतिक्षा



काठमाडौं, १ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एक्ला एक्लै भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा सरकारले हिजो ल्याएकार संवैधानिक परिषदसम्बन्धी अध्यादेशबारे कुराकानी भएको छ ।

प्रचण्डले तत्काल अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् । तर, ओलीले अध्यादेश फिर्ता नलिने र लिनै परेमा शर्तसहित मात्र लिने अडान लिएका छन् । ओलीले स्थायी कमिटी बैठक स्थगित गर्ने देखि सहमतिका लागि राजनीतिक लेनदेनको प्रस्ताव समेत गरेको बुझिएको छ ।

बालुवाटारमा ओली र प्रचण्डबीचको भेटका कारण स्थायी कमिटी बैठकमा अध्यक्षकै प्रतिक्षा छ । आजको बैठकमा प्रधानमन्त्री ओली सहभागी बन्ने सम्भावना पनि कमजोर रहेको छ । प्रचण्डले शर्त मानेमा मात्र ओली बैठकमा सहभागी हुने पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्