Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, १ पुस । लागूऔषध सहित एकजना पक्राउ परेका छन् । कपिलवस्तुको कृष्णनगर लोहरौलाबाट नियन्त्रित लागुऔषध १ हजार २ सय ट्याब्लेट नाइट्राभेट सहित बर्दिया मगरगढीका बस्ने ३१ वर्षीय दिनेश केसीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट खटिएको प्रहरीले उनको साथबाट उक्त लागुऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

नवलपरासी(पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–२ भक्सिपुरबाट नियन्त्रित लागुऔषध १ सय ८० ट्याब्लेट नाइट्राभेट, ५ एम्पुल डाइजेपाम, ६ एम्पुल लुफिन, ५ एम्पुल फेनारागन र २ वटा खाली ईन्जेक्नस सहित रामग्राम नगरपालिका–१६ अमहवाका जितेन्द्र सहानीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई जाँच गर्दा उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्