Logo

नौ महिना पछि दियो सरकारले फिल्म छायाँकन गर्ने अनुमति



काठमाडौ, १ पुस । कोरोना कहरले सबै क्षेत्र ठप्प हुन पुग्यो । अन्य धेरै जसो क्षेत्रहरु सञ्चालनमा आएपनि नौ महिना देखि बन्द भएका फिल्म क्षेत्र खोल्न अनुमति दिएको छैन । कोरोनाको उच्च जोखिममा पर्ने क्षेत्र भएकोले सरकारले लकडाउन भन्दा अगाडि नै सिनेमा हललाई पुर्ण रुपमा प्रतिबन्ध लगाएको थियो ।

हिजो बसेको मन्त्री परिषद्को बैठकले शर्तसहित फिल्म छायांकन गर्ने अनुमति दिएको छ । मन्त्रालयले फिल्म सम्बन्धि गतिविधि ख्ुल्ला गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । डब्लुएचओ र सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार फिल्म छायांकन गर्न दिइएको मन्त्रालयले जनाएको छ । अब फिल्म सम्बन्धि काम गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार गर्नुपर्छ । सरकारले औपचारिक रुपमा अनुमति नदिएपनि फिल्महरु दशैपछि धमाधम सुर्टिङ भैरहेका थिए ।

मन्त्रालयले सिनेमा हल खोल्ने बारेमा कुनै निर्णय गरेको छैन् । नेपाल चलचित्र संघले पुस १० गतेबाट देशभरका सिनेमा हल खोल्ने घोषणा गरेको छ । उनीहरु सरकारले रोक्न खोजे प्रतिकारमा उत्रने अवस्थामा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्