Logo

प्रचण्ड फेरि रक्षात्मक, ओलीको अस्त्रले ब्याक



काठमाडौं, १ पौष । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद तत्काललाई मथ्थर भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएसँगै विवाद तत्कालका लागि मथ्थर भएको हो ।

नयाँ सहमति अनुसार दुवै अध्यक्ष भदौ २६ मा फर्किएका छन् । उनीहरु यसपछि भएका आरोप प्रत्यारोप फिर्ता लिन सहमत भएका हुन् । योसँगै नेकपाभित्रको राजनीतिले नयाँ मोड लिएको छ ।

ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने भएका छन् । यसअघि पनि राजनीतिक दलसम्बन्धी अध्यादेश ओलीले ल्याएर फिर्ता लिएका थिए । अध्यादेशलाई ओलीले फेरि अस्त्र बनाएका छन् । जसले प्रचण्डलाई रक्षात्मक बनाएको छ ।

नेकपाभित्र विगतमा पनि सहमति भएको थियो । २६ भदौमा यस्तै सहमति बनेर ओलीको सत्ता संकट टरेको थियो । उनले पार्टीसँग समन्वय गरी सरकार सञ्चालन गर्ने सहमति गरेका थिए । तर, त्यो कार्यान्वयन नभएको गुनासाहरु आए । जसले विवादलाई बढायो ।

यसपटक फेरि ओलीले अध्यादेशलाई अस्त्र बनाएर सत्ता संकट टारेका छन् । प्रचण्ड रक्षात्मक बनेका छन् । ओली पनि केही ब्याक भएका छन् । अध्यादेश फिर्ता लिन सहमत भएका छन् । विगतको सहमति पालना गर्ने दुई अध्यक्षबीच सहमति भएपनि त्यो टिक्नेमा आशंका छ । यसपटक विगतको सहमति पालना गर्ने सहमति भएको छ । यो आफैमा रोचक लाग्ने सहमति बनेको हो ।

यसपटकको सहमतिमा प्रचण्ड फेरि रक्षात्मक बनेका छन् । ओलीको आक्रामक रणनीतिले ओलीलाई रक्षात्मक बन्न वाध्य बनायो । तीनपटक ओलीको सत्ता डगमग बनाउने प्रयास विफल भएको छ । अब प्रचण्ड ओलीसँग सम्झौता गर्दै अघि बढ्ने हुन् र बाँकी दुई वर्षे कार्यकाल पूरा गर्न दिने हुन् या नयाँ रणनीतिका साथ प्रस्तुत हुने हुन् ? यो चासोको विषय बनेको छ ।



प्रतिक्रिया दिनुहोस्