Logo

देश, संविधान र कानूनमाथि भद्दा मजाक गर्ने अधिकार प्रधानमन्त्री र राष्ट्रपतिलाई छैन् : डा. आचार्य (भिडिओसहित)



काठमाडौं, २ पुष । संविधानविद् डा. भीमार्जुन आचार्यले मुलुकको संविधान र कानूनमाथि भद्दा मजाक गर्ने अधिकार प्रधानमन्त्री र राष्ट्रपतिलाई नभएको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै संवैधानिक परिषदसम्बन्धी ल्याईएको अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओली किन राजी हुनुभयो भन्ने प्रश्नमा उनले भने-“पहिलो कुरा त हिजो आवश्यक थियो भने आज के कारणले आवश्यक भएन ? आज आवश्यक भएन भने हिजो किन आवश्यक भयो ? सबैभन्दा महत्वपूर्ण कुरा त यो हो । एउटा देशमाथि, संविधानमाथि, कानूनमाथि यो खालको भद्दा मजाक गर्ने अधिकार चाहीँ प्रधानमन्त्री र राष्ट्रपतिलाई छैन् । तपाईँ कल्पना गर्नुहोस, अध्यादेश चाहीँ मुलुकमा अत्यावश्यक केही चिज गर्नुपर्ने भयो भने सदन चलेको छैन भने त्यो बेलामा जारी गरिन्छ, त्यो पनि अपवादको रुपमा ।” उनले प्रधानमन्त्री, राष्टपति र दलबाट संविधानको उल्लंघन भएको पनि टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्