काठमाडौं, २ पुष । भौतिक पू्र्वाधार परियोजनाहरूको डिजाइन, निर्माण, सुपरिवेक्षण र व्यवस्थापन गर्दै आएको एक कन्सल्टेन्सी हो, ‘एक्सपर्ट इन्जिनियरिङ सोलुसन कम्पनी’ । बि.सं. २०७७ सालमा स्थापित उक्त कन्सल्टेन्सी काठमाडौंको अनामनगरमा अवस्थित् छ । यसको संस्थापक भने ईं. अशोक धमला हुन् । व्यवसायिक र कुशल सेवा प्रदान गर्दै आएको यस कम्पनीले इन्जिनियरिङ समस्याहरूको सुपथ, उत्तरदायी र व्यवहारिक किसिमले हल गरी छोटो समयमै सबैको मन जितेको छ । कम्पनीका निर्देशक तथा ईं. नवराज अधिकारीले यस कम्पनीले छोटो समयमै सबै प्रकारका विकास परियोजनाहरू सम्हाल्न सक्षम भएको बताउँछन् । अधिकारी भन्छन्, ‘कम्पनीले ग्राहकहरूलाई कुशल सेवामार्फत सौहार्दपूर्ण सम्बन्ध प्रदान गर्दै विश्वसनियता प्रदान गर्दै आएको छ ।’
कम्पनीले व्यावसायिक इन्जिनियरिङ सेवासँगै कुशल, सुपथ, इमान्दार, परिश्रमी र उत्तरदायी हुँदै ग्राहकको आवश्यकताअनुसार सन्तुष्टि प्रदान गर्ने उद्देश्य लिएको छ । योसँगै एकीकृत इन्जिनियरिङ सेवा प्रदान गर्दै आफ्नो कम्पनीको दक्षतालाई देशको विकासमा समर्पित गर्नु नै यस कन्सल्टेन्सीको मुख्य उद्देश्य हो ।
कम्पनीले सम्पत्तिको मूल्यांंकन, आर्किटेक्चरल डिजाइन, संरचनाको विश्लेषण र डिजाइन, परियोजना व्यवस्थापन, भू–प्राविधिक विश्लेषण गर्ने र विस्तृत परियोजनाको रिपोर्ट तयार पार्ने जस्ता सेवाहरू प्रदान गर्दै आएको छ । साथै, भवन, पुल, हाइवे, सिचाइँ, पानी, सरसफाइ, ट्रेल ब्रिज, हाइड्रो पावर, सौर्य उर्जा, बायो ग्यास यसका मुख्य सेवा क्षेत्र हुन् । ती क्षेत्रका विभिन्न परियोजानाहरूको सम्भाव्यता तथा विस्तृत अध्ययन, डिजाइन र लागत अनुमान गर्दै आएको छ ।
यससँगै कम्पनीले आधुनिक भूकम्प प्रतिरोधात्मक भवन निर्माण, वास्तुशास्त्रअनुसारको घरका नक्सा निर्माण, नगरपालिकामा नक्सा पास तथा निःशुल्क सेवा प्रदान पनि गर्दै आइरहेको छ । विगत ६ वर्षदेखि कम्पनीको टोली एनएमबी, ग्लोबल, कुमारी, एनआईसी, माछापुच्छे« र सानीमा बैंकसँग सम्पत्ति मूल्यांकनको काम गर्दै आएको छ । ग्राहकको भौतिक सम्पत्तिको राम्रो मूल्यांकन हुने भएकोले कम्पनीले विभिन्न बैंकसँग सहकार्य गर्दै आएको छ । बैंकबाट सो सेवा प्रदान गर्न पनि कम्पनीले लगानी गर्नुपर्ने हुन्छ ।
कम्पनीले अहिले एनएमबी र ग्लोबल बैंकबाट सेवा दिँदै आइरहेको छ । उक्त बैंकको सहकार्यमा ७ ओटा भौतिक सम्पत्तिको मूल्यांकन सफलतापूर्वक गरेको कम्पनीका निर्देशक अधिकारी बताउँछन् । उनका अनुसार अहिले नेपालमा हजारौं कन्सल्टेन्सीहरू छन् तर, एक अब्बल सेवा प्रदायक हुन सक्नु नै अहिलेको मुख्य चुनौती हो । ‘चुनौतीलाई अवसरको रूपमा लिएर टिममा प्रतिभावान र एक्सपर्टहरूसँग मिलेर काम सुरु गरेका छौं । वास्तवमा हामी देश विकासमा समर्पित हुन चाहन्छौं ।’
एक्सपर्ट इन्जिनियरिङ सोलुसनले काठमाडौं उपत्यकाभित्र विभिन्न आवासीय एवम् कमर्सियल भवनहरू निर्माण गर्दै आइरहेको छ । यसले आवासीय भवन भने विगत सन् २०१६ देखि नै निर्माण गर्दै आएको छ । कम्पनीले हाल कलंकीस्थित २३०० वर्गफिट क्षेत्तफलमा आवासीय भवन निर्माण गर्दैछ । कम्पनीले विगत ४ वर्षदेखि डीपीआरको क्षेत्रमा काम गर्दै आएको छ । हाल एक्सपर्ट इन्जिनियरिङ सोलुसनमा १३ जनाको टोली छ । १३ जना मध्ये ८ जना इन्जिनियर र २ जना आर्किटेक्चर रहेका छन् । News Source: https://engineerspost.com/