काठमाडौँ २ पुस। सुनको भाउ निरन्तर दोश्रो दिन पनि वृद्धि भएको छ । पुस २ गते, बिहीबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । पुस महिनाको १ गते, सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी चाँदीको मूल्य तोलामा २५ रुपैयाँले उकालो लागेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । बुधबार चाँदी प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।मेरोलगानी/File Photo