Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, अध्यादेश फिर्ता हुने



काठमाडौं, २ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज साँझ ६ बजे बस्नेगरि बैठक बोलाईएको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनकाअनुसार आजको बैठकमा अध्यादेश फिर्ताबारे निर्णय हुनेछ । यसअघि ल्याईएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिनको लागि पनि अर्को अध्यादेश ल्याउनुपर्ने हुन्छ । हिजो बसेको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिनेबारे सहमति भएको थियो । सोहीअनुसार प्रधानमन्त्री ओलीले आज साँझलाई मन्त्रिपरिषद बैठक बोलाएका हुन् । File Photo



प्रतिक्रिया दिनुहोस्