Logo

भरुवा बन्दुक सहित पक्राउ



काठमाडौं, २ पुस । भरुवा बन्दुक सहित एकजनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । बाजुराको बुढिनन्दा नगरपालिका–७ समालगाउँकासुरबिर कडारा १ थान एकनाले भरुवा बन्दुक सहित पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय बुढिनन्दा कोल्टीबाट खटिएको प्रहरीले उनको घरमा अवैधरूपमा लुकाई राखेको अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी पक्राउ गरेको जानकारी दिएको छ ।

यसैगरी अछामको मंगलसेन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्गको दक्षिणतर्फको जंगलमा लुकाई राखेको बेवारिसे २ नाल भरुवा बन्दुक मंगलबार प्रहरीले बरामद गरेको छ ।

अस्थाई प्रहरी पोष्ट ठुलासैनबाट खटिएको गस्ती प्रहरी टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको जानकारी दिएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्