Logo

लागुऔषधसहित पक्राउ



काठमाडौं, २ पुस । अवैध लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पोखरा रामकृष्ण टोलबाट नियन्त्रित लागूऔषध १ सय १३ एम्पुल डाईजापाम, १ सय १३ एम्पुल फेनेरागन, १ सय १३ एम्पुल ब्रुपिनूर्फिन र २ थान मोबाईल सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पोखरा रामकृष्णटोलका कुमार श्रेष्ठ र पोखरा बस्ने भक्तपुर घर भएका लक्ष्मी कृष्ण भासिमा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

यस्तै, विराटनगर शनिमन्दिर परिसरबाट १३ ग्राम खैरो हेरोईन जस्तो पदार्थ सहित सोही स्थान बस्ने २७ वर्षीय लद्दीफुल मियाँलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले पैदलयात्री मियाँलाई जाँच गर्दा उनको साथमा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्