Logo

काठमाडौमा ३६३ संक्रमित थप



काठमाडौं,  २ पुस । काठमाडौं उपत्यकामा आज ३६३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ७ सय ७६ जना थपिएकोमा काठमाडौंमा मात्र ३६३ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज काठमाडौंमा थपिएका संक्रमित मध्ये १५२ महिला र २११ पुरुष रहेका छन् । आज ९ सय ४७ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ५१ हजार ६ सय ९२ संक्रमित भएपनि २ लाख ४० हजार ३ सय ६३ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ९ हजार ५ सय ८० जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १८ लाख ५५ हजार ७ सय २४ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ४ सय ४४ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्