Logo

मालपोत अधिकृत खड्कासहित ४ जना अख्तियारको फन्दामा



काठमाडौं, २ पुस । तुलसीपुर दाङका मालपोत कार्यालय प्रमुख अधिकृत नरेश कुमार खड्कासहित ४ जनामाथि अख्तियारले भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराई दिने भन्दै सेवाग्राहीसँग घुस मागेको सुचनाको आधारमा अख्तियारले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अनुसन्धानको सिलसिलामा मालपोत कार्यालयका प्रमुख खड्का, ना.सु. केशवराज अधिकारी, ना.सु. पुष्पराज गिरीको योजनाबमोजिम जग्गाधनी प्रमाणपुर्जा नियमानुसार निशुल्कः गर्नुपर्ने कामलाई अड्काई ३ लाख २० हजार रुपैयाँ घुस रकम माग गरी कार्यालय सहयोगी मिनराज गैरेले बुझिलिएको पुष्टि हुन आएको थियो ।

उनीहरुलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्