Logo

सव–इन्जिनियर गुरुङ ५ हजार घुससहित पक्राउ



काठमाडौं, २ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्याङजा अन्तर्गत भीरकोट नगरपालिकामा रहेको भुकम्प शाखाकी असिष्टेन्ट सव–इन्जिनियर भगवती राउत ‘गुरुङ’ माथि अख्तियारले भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । अख्तियारले गुरुङले सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अनुसन्धानको लागि रकमसहित नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानको क्रममा इन्जिनियर गुरुङले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट उपलब्ध हुने रकममध्ये अन्तिम किस्ताको रकम भुक्तानीमा सहजीकरण गरीदिएवापत सेवाग्राहीबाट ५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको थियो ।

गुरुङलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्