Logo

मुख्य योजना उच्च प्राथमिकतामा



काठमाडौं, पुस ३ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारका मुख्य योजनालाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गरिरहेको छ । चालू आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लिखित मन्त्रालयसँग जोडिएका विषयलाई मुख्य योजना भनेको छ ।

मन्त्रालय अन्तर्गतका कार्यालयले चालू आर्थिक वर्षमा कार्यान्वयन गर्नुपर्ने योजनालाई कार्यतालिका नै बनाएर उच्च प्राथमिकताका साथ कार्यान्वयन गरेको हो ।
यस वर्षमा मन्त्रालयसँग जोडिएका मुख्य योजनाको सङ्ख्या ८५ छ ।

तीमध्ये मन्त्रालयले प्रथमः चौमासिकमा ५० वटा योजना धमाधम कार्यान्वयन गरिरहेको छ । कतिपय योजना कार्यान्वयन गर्न ऐन, नियम र कार्यविधि, निर्माण गर्नुपर्ने भएकाले उक्त कार्यविधिको प्रस्ताव सम्बन्धित निकायमा पेस गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कार्यान्वयन गर्नुपर्ने मुख्य योजनामा प्रदेश राजधानीसँग स्थानीय तहको केन्द्र जोड्ने सडक, प्रदेश र स्थानीय तहको दुईवटा नमुना सञ्चार नीति बनाउने, अन्तर तह समन्वय र स्थानीय तहको कर प्रणालीका लागि नीति, निर्माणदेखि परामर्शदाता छनोट गर्ने काम भइरहेको छ ।

त्यस्तै, सार्वजनिक सेवाको नतिजामूलक कार्यसम्पादन प्रणाली स्थापना गर्न मापदण्ड विकास, स्थानीय तहको भगिनी सम्बन्धको व्यवस्थापन कार्यविधि मन्त्रिपरिषद्मा पेस गरिएको मन्त्रालयले जनाएको छ ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्