Logo

पेरिसडाँडामा दाहाल–नेपाल पक्षको भेला



काठमाडौं, ३ पुष । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद झनै चर्किएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी ल्याएको अध्यादेश फिर्ता लिने सहमति गरेपनि अहिलेसम्म अध्यादेश फिर्ता नलिएकोमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूह आक्रोशित बनेको छ ।

उनीहरुले पार्टीभित्रको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने उद्देश्यले अहिले प्रदेश १ का अध्यक्ष र सचिवहरूको भेलाको आयोजना गरेका छन् । नेकपानिकट स्रोतका अनुसार उक्त भेला अहिले पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । हिजोमात्रै अध्यक्ष दाहालले ओलीलाई भेटेर अध्यादेश फिर्ता लिन दबाब दिएका थिए । तर, जवाफमा ओलीले अध्यादेश फिर्ता लिने तर एकपटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्ने स्पष्ट पारेका थिए । नेकपाको स्थायी कमिटी बैठक पुष ५ गते बस्दैछ । File Photo



प्रतिक्रिया दिनुहोस्