Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, ३ पुस । अवैध लागूऔषध सहित एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पोखरा नदिपुर नारायणथान मन्दिरस्थित सडकबाट नियन्त्रित लागूऔषध ३५ एम्पुल नुर्फिन, ३७ एम्पुल फेनारगन र ३६ एम्पुल डाईजेपाम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय बालकृष्ण गिरी पक्राउ परेका हुन् ।

अस्थाई प्रहरी पोष्ट नदिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागुऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्