Logo

कम्मरमा हतियार राख्दा…



रौतहट, ३ पुस । कटुवा पेस्तोल र गोली सहित एक जनालार्ई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । दुर्गा भगवती गाउँपालिका–५ झाजपुलबाट १ थान कटुवा पेस्तोल र थ्रिनटथ्री राईफलको १ राउण्ड गोली सहित यमुनामाई गाउँपालिका–४ बस्ने २५ वर्षीय दिलिप शाह पक्राउ परेका हुन् ।

उक्त स्थानमा बिआर ३० एम ४८४१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकल चालक शाहले कम्मरमा राखेको अवस्थामा उक्त हतियार फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्