Logo

नियन्त्रित लागूऔषध सहित पक्राउ



धनुषा, ३ पुस । नियन्त्रित लागूऔषध सहित एक व्यक्ति पक्राउ परेका छन् । धनौजी गाउँपालिका–५ वहुअर्वाबाट जनकपुर हनुमाननगरका ३९ वर्षीय विनोद कुमार यादवलाई नियन्त्रित लागूऔषध १ सय ५ ट्याबलेट नाईट्राभेट र २४ ट्याबलेट स्पास्मो प्रोक्सिभोन सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी डेवडीयाबाट खटिएको प्रहरीले वहुअर्वाबाट रामपुरतर्फ जाँदै गरेको यादव सवार ज.१० प ८००६ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त लागूऔषध फेला पारी मोटरसाइकल सहित उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्