Logo

कोरोनाबाट आज १६ जनाको मृत्यु



काठमाडौं, ३ पुस । कोरोना संक्रमणबाट आज थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १७६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ७ सय ८२ थपिएका छन् । आज १ हजार २९ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ५२ हजार ४ सय ७४ संक्रमित भएपनि २ लाख ४१ हजार ३ सय ९२ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ९ हजार ३ सय १७ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १८ लाख ६१ हजार ४ सय ३० जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ४ सय २७ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्