Logo

२४ घन्टामा काठमाडौमा २८७ संक्रमित थप



काठमाडौं, ३ पुस । काठमाडौं उपत्यकामा आज २८७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ७ सय ८२ जना थपिएकोमा काठमाडौंमा मात्र २८७ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज काठमाडौंमा थपिएका संक्रमित मध्ये १२१ महिला र १६६ पुरुष रहेका छन् । आज १  हजार २९ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ५२ हजार ४ सय ७४ संक्रमित भएपनि २ लाख ४१ हजार ३ सय ९२ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ९ हजार ३ सय १७ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १८ लाख ६१ हजार ४ सय ३० जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ४ सय २७ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्