विश्वकै सबैभन्दा प्राचीन ग्रन्थ ‘वेद’ हो । तिनमा पनि ऋग्वेदलाई सबैभन्दा जेठो मानिन्छ । ऋग्वेदमा भएका असख्य मन्त्रहरु मध्ये एउटा हो– स्वस्ति पन्था मनुचरेम सुर्याचन्द्रमसाविब । पुनर्ददताघ्नता जानता सं गमेमहि ।।
सरल शब्दहरुमा यसको भावार्थ हुन्छ– सुर्य र चन्द्रमा जस्तै हामी पनि कल्याणको बाटोमा हिँडिरहौ । हामीले यस्ता ज्ञानी पुरुषहरुको संगत गरौ जो दानशील छन् । (अर्थात भा–धान्यको लोभ गर्दैनन् ।), अहिंसा जसको स्वाभावमा छ र जो सदा ज्ञानको उपासना गर्छन् ।
वेदको सुन्दर मन्त्रले वेदमै आधारित रहेर विकसित भएको धर्मको र त्यस धर्मको अनुयायीको लक्षण प्रस्तुत गरेको छ । धर्म, सनातन धर्म अथवा पछि आएर जसलाई हिन्दु धर्म भनियो, यसैको पर्यायवाची हो ‘मानव–धर्म’ । यसो भन्नुको तात्पर्य हो, हिन्दु र मानव पर्यायवाची हुन् । हिन्दु संस्कृति नै मानव संस्कृति हो ।
संस्कृतिको सम्बन्ध मानवको अन्र्तमुखी दशासित छ । जुन कर्म र भावद्वारा हाम्रो सस्कार सुन्दर बन्छन्, जसबाट ‘कृति’ को सौन्दर्य तथा दिव्यता अधिक स्पष्टताका साथ प्रकट हुनसक्छ त्यही हो सस्कृति । जुन चेतनाले हामीलाई उध्र्वरोहित गराउँछ, माथि उठाउने कार्य गर्दछ, श्रेष्ठता प्रदान गर्दछ त्यही चेतना हो संस्कृतिको विशिष्टता ।
माथि उल्लेख गरिएको वेदको मन्त्रकै आधारमा हिन्दु संस्कृतिले विश्वको कल्याणको कामना गर्छ । विश्वलाई नै आर्य हर्थात श्रेष्ठ बनाउँ भन्ने सदिच्छाले प्रेरित छ यो वैदिक कामना । ऋग्वेदकालको यस प्राथनादेखि लिएर, पौराणिक काल, उत्तर वैदिक काल र पछि मध्यकालको भक्ति आन्दोलन हुँदै आधुनिक कालखण्ड सम्म अर्थात आजपर्यन्त आएका सबै वैदिक प्राथना, दर्शन र तिनमा आधारित काव्य इत्यादीको उद्देश्यमा समग्र मानवजातिको कल्याणकाृ कामना निहित रहेको पाइन्छ ।
प्राथनालाई आधार बनाएर विश्वको मंगलकामना गर्दै हिन्दु संस्कृतिले विश्व–मानवलाई दिएको योग, आयुर्विज्ञान र यज्ञमय जीवनको चर्चा यहाँ गरिएको छ ।
योग–सर्वेपि सुखिनो सन्तु
चिर पुरातन तर नित्य नवीन–‘सनातन संस्कृति’को अमुल्य उपहार हो–‘योग’ । यस प्राचीन विज्ञानको प्राचीनतालाई त सबैले स्विकारेका छन् नै, यसको वैज्ञानिकतालाई पनि हाल विश्वले अनुमोदन गरेको छ । यसको अध्यात्मिक पाटोको दिव्यता र भव्यता त छँदैछ, यससँगै मानिसको शरीर, मन, भावना, बृद्धि आदी अनेकौ कुराहरुमा भएका विकृति–विसंङ्गतिलाई पन्छाई स्वस्थ, सुखद, शान्त, शक्तिसम्पन्न, ज्ञानयुक्त, आनन्द एवं सौन्दर्यपुर्ण जीवन जीउनको निम्ति एउटै र पुर्ण निर्विकल्प उपायका रुपमा योग आज वैश्विक भएको छ ।
आयुर्विज्ञान–सर्वे सन्तु निरामय
मनुष्यको आकांक्षा वार्धक्य (बृद्धावस्था र त्यसबाट उत्पन्न हुने जरा, व्याधी, रोग आदी) बाट मुक्त र दीर्घायुष्यले युक्त जीवन हो । हामीले सय वर्षसम्म देखौँ, सय वर्षसम्म बाँचौ, सय वर्षसम्म सुनौँ, सय वर्षसम्म हाम्रो वक्शक्ति बनिरहोस्, सय वर्षसम्म हामी स्वावलम्बी बनिरहौँ अर्थात जीवन जिउनका लागि कसैमा आश्रित हुन नपरोस् ।
वैदिक दर्शन अनुसार मनुष्यको जीवनको उद्देश्य चारवटा पुरुषार्थ प्राप्ति हो । ती चार पुरुषार्थ हुन् धर्म, अर्थ, काम र मोक्ष । यसको लागि पनि स्वस्थ र दीर्घायु हुन आवश्यक छ । धर्ममय जीवन बाँच्नका लागि शरीर नै पहिलो साधन हो । शरीर अर्थात स्वास्थ्य रक्षा र दीर्घ जीवनको चाहना पुर्तिको लागि आर्ष मनीषिहरुले प्रकृतिसँग राम्रो तालमेल राखेर बाँच्नुपर्छ भन्ने सिद्वान्तले अभिप्रेरित जुन विधि र व्यवस्था निर्माण गरे, त्यसैलाई आयुर्वेद भनिन्छ ।
आयुर्वेद उपचार पद्वति मात्र होइन । यो स्वस्थ जीवन जिउने कला हो । आयुर्वेद आज जीवन विज्ञानका रुपमा प्रतिष्ठित छ । शरीरका लागि घातक रसायनबाट विश्व मानव समुदाय आज आक्रान्त भइरहेको छ । पछिल्लो समयमा प्राकृतिक चिकित्सा र आयुर्वेदिक पद्वतितिर विश्वकै आकर्षण बढेको छ । वर्तमान समयमा मानिसको आहारविहार, जीवनशैलमिा आएको परिर्वतन आदिका कारण सर्वत्र शारीरिक, मानसिक र सामाजिक तनाव उत्पन्न भइरहेको छ । यस्ता तनावका कारण कष्टकर जीवन बिताउन बाध्य मानिसको सख्या बढ्दै गएकाले यसबाट मुक्त हुने एकमेव विकल्पको रुपमा योग अभ्यास र आयुर्वेद–आधारित जीवन–पद्वतितिर मानिसको ध्यान बढ्दो क्रममा छ । निश्चित नै विश्वकै स्वास्थ्यका लागि, मानव मात्र नभएर प्रकृति र पर्यावरणका लागि पनि यो वैदिक दर्शनको, सनातन धर्मको, हिन्दु सस्कृतिको बहुमुल्य उपहार हो । यसलाई उपयोगमा ल्यानाले मानवलाई स्वस्थ जविन त प्राप्त हुन्छ नै, सँगसँगै औषधि र उपचारको नाममा उत्पादन गरिने क्यामिकलको प्रकोपबाट यो धरालाई पनि केही हदसम्म मुक्ति मिल्नेछ ।
यज्ञमय जीवनः यजुर्वेदमा एउटा मन्त्र छ जसको भाव ‘हाम्रो आयु यज्ञबाट बढोस् । यस यज्ञबाट प्राण परिपुष्ट हुन्छ । यज्ञबाट दृष्टि शत्तिमयी होस् । यज्ञले श्रवणशक्तिलाई समर्थ बनाउन्, यज्ञद्वारा मन दृढ होस्, आत्मा पवित्र होस्, हामी ईशत्वमा स्थित हुन सकौँ, दृष्टि प्रखर होस् ।’
सामान्यतया हामीले यज्ञको अर्थ अग्निमा घ्यु हाल्ने बुझेका छौ । यज्ञार्थ त्यस्तो कर्म हो यज्ञका लागि गरिएको कर्म, अर्थात स्वार्थ छोडेर, परआत्माको प्रसन्नताको लागि गरिएको कर्म, जनतारुपी जर्नादनको सेवाका लागि पवित्र भावनाको साथ गरिएको उत्तम कार्य । वास्तवमा ‘यज्ञको भावना’ आत्मसमर्पण, परमार्थ, त्याग एवं बलिदानको भावनालाई बुझिन्छ । उदात्त भावनाको साथ परमार्थ हेतु गरिने कर्मलाई यज्ञ भनिन्छ ।