पुष ३, काठमाण्डौ । सशस्त्र प्रहरीका एसपी हर्कबहादुर विष्टले नेपाली सेनाका एक जमदारको श्रीमतीसँग रसलिला गरेको रहस्य सार्वजनिक भएको छ ।
सेनाका जमदार चित्रबहादुर खड्का शान्ति मिसनका लागि सुडान गएका बेला उनकी श्रीमतीलाई सशस्त्रका एसपी विष्टले यौनसम्पर्कसमेत गरेको दुई जनाबीचको च्याटबाट स्पष्ट हुन्छ । खड्काकी श्रीमती र एसपी विष्टबीच फेसबुक म्यासेन्जरमा गरेको लामो कुराकानी खड्काले फेला पारेपछि दुई जनाबीचको कर्तुत फेला परेको हो ।
खड्काले भने–“होटलमा बसेकोदेखि जंगलमा बसेको सबै प्रमाण छ । उस्तै परे दुई जनाबीच विवाह गर्नेसम्मका कुरा भएका छन् ।” बूढाले छोडे भने के गर्ने भनेर श्रीमतीले एसपी विष्टलाई सोध्दा म छँदै छु नि भनेर म्यासेजमा आश्वासन दिएको खड्काले बताए ।
दुई जनाबीच म्यासेन्जरमा भएका सम्पूर्ण कुराकानी सुरक्षित रोखको बताउँदै खड्काले अब कसरी यस विषयको टुङ्गो लगाउने भन्नेमा छलफल गरिरहेको बताए । २ जनाबीच घण्टौँसम्म कुरा गरेको रेकर्ड पनि फेला परेको बताउँदै खड्काले आफू सुडानमा एक वर्ष बसेका बेला यो सब भएको जानकारी दिए ।
खड्काले राष्ट्रको सेवा गर्न प्रहरीमा जागिर खाएका जिम्मेवार व्यक्तिले नै गलत काम गरेका विष्टिलाई सशस्त्री प्रहरील बलले कारबाही गर्नुपर्ने माग गरेका छन् । विष्ट र आफ्नी श्रीमतीले गलत काम गर्दा आफू पिडित भएको खड्काको गुनासो छ ।
एक वर्षको तलब र बैँकमा राखेको पैसालगायत केही रकम पनि खर्च गरेर सकिदिएको खड्काको गुनासो छ । श्रीमतीले विष्टलाई घडी उपहार दिएको पनि च्याटबाट प्रष्ट हुन्छ ।
आफ्नी श्रीमतीसँग लसपस गर्ने एसपी विष्टका एक श्रीमती र एक छोरी भएको बुझिएको छ । धनगढी घर भएका एसपी विष्टले सुर्खेतमा कार्यरत हुँदा खड्काकी श्रीमतीसँग सम्बन्ध बढाएका थिए ।
खड्का दम्पत्तीको ८ वर्षका एक छोरा र ५ वर्षकी एक छोरी छन् ।
(यो समाचार नेपाली सेनाका जमदार चित्रबहादुर खड्का स्वयम्को भनाईमा आधारित रहेर तयार पारिएको हो ।)