४ पुस: चिनियाँ राष्ट्रपति सि चिनफिङले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको शीघ्र स्वास्थ्य लाभको कामना गरेको समाचारमा जनाइएको छ । फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई हालैमात्र कोरोना भाइरस पोजेटिभ देखिएको समाचारमा आएको थियो । बिहीबार मात्र म्याक्रोँलाई कोरोना पोजेटिभ देखिएको प्राप्त समाचारमा जनाइएको छ । हाल उनी आइसोलेसनमा बसेको उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
चिनियाँ राष्ट्रपति सि चिनफिङले फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई एक सन्देश पठाएर शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । राष्ट्रपति सि चिनफिङले सान्त्वना दिँदै फ्रान्सेली राष्ट्रपतिलाई शुक्रबार नै सो सन्देश पठाएको बताएको
उनलाई बिहीबार पिसिआर पोजेटिभ देखिएको र अब आगामी सात दिनका लागि उनी आइसोलेसनमा बस्ने फ्रान्सेली राष्ट्रपतिको कार्यालयले बिहीबार जानकारी गराएको थियो । सोही बमोजिम उनी हाल आइसोलेसनमा छन् ।
राष्ट्रपति सि चिनफिङले फ्रान्सेली राष्ट्रपति कोरोना भाइरस पोजेटिभ देखिएको भन्ने समाचारले आफूलाई र चिनियाँ नागरिकलाई नराम्रो लागेको भन्दै चाँडै नै स्वास्थ्यलाभ गर्न कामना गरेको सो सन्देशमा जनाइएको छ ।
साथै राष्ट्रपति चिनफिङले फ्रान्सेली राष्ट्रपति म्याक्रोँ र सबै फ्रान्सेली जनतालाई अहिले त्यहाँ बढ्दो मात्रामा देखिएको महामारीका विरुद्धमाा लड्न सक्ने शक्ति प्राप्त होस् भनेर पनि कामना गरेका छन् ।
राष्ट्रपति म्याक्रोँ आगामी मंगलबार र बुधबार लेबनान जाने कार्यक्रम रहेकोमा अब उनी कोरोना पोजेटिभ देखिएपछि सो भ्रमण पनि अहिलेका लागि स्थगित भएको बताइएको छ । राष्ट्रपति म्याक्रोँलाई प्रारम्भिक रुपमा केही लक्षणहरु पनि देखिएको समाचारमा जनाइएको छ । तर फ्रान्सका प्रथम महिलालाई भने कोरोना भाइरसको परीक्षणमा नेगेटिभ देखिएको छ ।
यसैबीच राष्ट्रपति म्याक्रोँलाई कोरोना भाइरस पोजेटिभ देखिएसँगै उनको सम्पर्कमा रहेका फ्रान्सका कैयौँ उच्च सरकारी अधिकारीहरु पनि आइसोलेसनमा बसेका बताइएको छ । फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेक्स पनि राष्ट्रपति म्याक्रोँको सम्पर्कमा रहेकोले उनलाई पनि आइसोलेसनमा बस्नुपर्ने भनिएको छ ।
यसका साथै केही मन्त्रीहरु र अरु केही उच्च सरकारी अधिकारीहरु पनि राष्ट्रपति म्याक्रोँको निरन्तर सम्पर्कमा रहेकोले उनीहरुलाई पनि आगामी केही दिन आइसोलेसनमा बस्नुपर्ने बताइएको छ ।-सिन्ह्वा/Photo: Agency