Logo

कोभिडले घटायो हवाई आवागमन



काठमाडौं, पुस ५ । कोरोना महामारीको कारण सन २०२० को ९ महीनामा नेपाल आउने यात्रु आवागमनमा उल्लेख्य कमी आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार सन २०२० को ९ महीना (जनवरीदेखि सेप्टेम्बरसम्म) को अवधिमा ९ लाख २७ हजार २०८ जना यात्रुको आवागमन भएको छ ।

सन् २०१९ मा ४१ लाख ३८ हजार ४८२ यात्रुले आवागमन भएको थियो । जुन अघिल्लो वर्ष सन् २०१८ को तुलनामा ४ दशमलव ६ प्रतिशतले बढी थियो । सन् २०१८ मा अघिल्लो वर्षको तुलनामा ११ दशमलव ६९ प्रतिशतले वृद्धि भई कुल ४३ लाख ४२ हजार ४८६ यात्रु आवागमन भएको थियो । सन् २०१७ मा अन्तरराष्ट्रिय उडानतर्पm कुल ३८ लाख ८७ हजार ८४५ यात्रु आवागमन भएको क्यानका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए ।

आन्तरिकतर्फ यस वर्षको सेप्टेम्बरसम्म ७ लाख ८७ हजार ४० जना यात्रुले यात्रा गरेको क्यानले जानकारी दिएको छ । क्यानका अनुसार सन् २०१९ मा यात्रु आवागमन संख्या ३१ लाख ८८ हजार ४८७ रहेको थियो जुन अघिल्लो वर्षको तुलनामा ११ दशमलव ९६ प्रतिशत बढी हो । सन् २०१८ मा १ दशमलव १६ प्रतिशतले वृद्धि भई २८ लाख ४७ हजार ७५२ यात्रुको आवागमन भएको थियो । सन् २०१७ मा २४ लाख ५१ हजार ३९० यात्रु आवागमन भएको प्रवक्ता क्षत्रीले बताए ।

नेपालमा अन्तरराष्ट्रिय उडानतर्पm तीन नेपाली र २७ ओटा विदेशी वायुसेवा गरी ३० ओटा वायुसेवाले १५ मुलुकका ३२ ओटा गन्तव्यमा उडान सञ्चालन गर्ने गर्छन् । यस्तै आन्तरिकतर्पm नौओटा फिक्सडविङ वायुसेवा र १० ओटा हेलिकोप्टर कम्पनीहरूले सेवा प्रदान गरिरहेका छन् ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्