Logo

अग्रमोर्चामा रहेर बिरामीको सेवा



काठमाडौं, पुस ५  । कोरोना भाइरस सङ्क्रमणको महामारीमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीमध्ये नर्स पहिलो स्थानमा रहे । नर्सले कोरोना सङ्क्रमित बिरामीको उपचार, हेरचाह, औषधि दिने लगायतका सङ्क्रमितको गुनासो सुनेर काम गर्नुपर्ने जिम्मेवारीका कारण यो अवस्था देखिएको हो ।

चिकित्सकभन्दा नर्स सबैभन्दा बढी खटिने स्वास्थ्यकर्मीभित्र पर्दछन् । आईसीयूमा उपचाररत सङ्क्रमित होस् वा भेन्टिलेटरमा पु¥याइएका बिरामी होस् उनीहरूलाई नर्सले नै हेरविचार गर्नुपर्ने हुन्छ । बिरामीको हेरचाह गर्दा यतिखेर धेरै नर्स सङ्क्रमित हुन पुगेको पाइएको छ ।

वीर अस्पतालमा सयभन्दा बढी नर्स सङ्क्रमित भएका थिए । पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गङ्गालाल, हृदयरोग केन्द्र, शिक्षण अस्पताललगायत अन्य सरकारी तथा निजी अस्पतालमा कार्यरत हजारौँ नर्स अहिले सङ्क्रमित हुन पुगेका छन् । अधिकांश नर्सले कोरोना जितिसकेका छन् र अझै कतिपय जुधिरहेका छन् । केही नर्सको कोरोनाकै कारण निधन भइसकेको छ ।

कोरोना सङ्क्रमित भएर ११ दिनसम्म अस्पताल रहेकी नेपाल नर्सिङ सङ्घकी कोषाध्यक्ष कल्पना श्रेष्ठलाई कुनै रोग थिएन । कोरोना पोजेटिभ देखापरेपछि उनको फोक्सोमा निमोनिया देखाप¥यो । चार दिनसम्म होम आइसोलेसनमा रहेकी श्रेष्ठ आफैँ नर्स भएका कारण नियमित पल्र्सअक्सिमिटरले अक्सिजनको मात्रा नापिरहन्थिन । चार दिन घर बस्दा अक्सिजनको मात्रा घटेर ९० भन्दा पनि कम भएपछि उनी अस्पताल गईन्।

तीन दिन आईसीयूमा रहेकी श्रेष्ठ आफू स्वास्थ्यकर्मी भएकै कारण समयमै उपचार पाएको बताउन्छिन । “म अस्पताल आउँदासम्म केही भएको थिएन,” श्रेष्ठले भनिन्, “अक्सिजनको मात्रा घटेपछि अस्पताल आएर उपचार गराएँ ।” उनले होम आइसोलेसनमा बसेका व्यक्तिले अनिवार्य पल्सअक्सिमिटर घरमा राखेर उपचार गर्न आग्रहसमेत गरिन् ।

घरमा बस्दा अक्सिजनको मात्रा घटेको थाहै हँुदैन, त्यसैले पनि अन्तिममा मात्र थाहा पाएपछि फोक्सो खराब हुने र होम आइसोलेसनमै मृत्यु हुन्छ । सबै सङ्क्रमितलाई पल्सअक्सिजनको व्यवस्था गर्न सुझाव दिँदै उनले कोरोना केही होइन भन्ने भनाइको पछि नलाग्न आग्रह गरेकी छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्