Logo

चिसोले बढ्दै न्यानो व्यवसाय



राजविराज, पुस ५ । सप्तरीसहित तराईका जिल्लामा अत्यधिक चिसो बढेको छ । चिसोसँगै चिसोमा बिक्री हुने भेडीको कम्बलले भेडीहरको जीवन भने न्यानो हुन थालेको छ ।

अर्थात् चिसो बढेसँगै सप्तरीसहित तराईका जिल्लामा भेडी कम्बलको घुम्ती व्यापार बढेको छ । चिसो, गर्मी र वर्षा तीनवटै मौसममा प्रयोग गरिने भेडाको ऊनबाट बनाएको कम्बलको खरिद बिक्री जाडोमा अलि बढी हुने गर्दछ ।

जाडोयाममा न्यानोका लगि ओछ्याउन, ओढ्न सकिने हुँदा यसको व्यापार बढेको हो ।खासगरी गडेरी जातका समुदायले भेडापालन गरेर त्यसको ऊनबाट विभिन्न आकार प्रकार, रङका कम्बल बनाएर बेच्ने गर्दछन् । उनीहरूको जीवन निर्वाह पनि यसैमा आश्रित रहेको छ ।

भेडाको कम्बल बेचेर घरपरिवारको गर्जो टार्न, छोराछोरीलाई राम्रो शिक्षा दिलाउन र बचत रकमबाट सम्पत्ति जोड्न भ्याउने गरेको राकमकृपाल पालले बताए। जाडो मौसममा सबभन्दा बढी कम्बल बिक्री हुने गरेको बताउँदै उनले यस सिजनमा चार/पाँच लाखको कम्बल बिक्री गर्दै आएको जनाए ।

तयार गरिएको कम्बल खुद्रा र थोकमा पनि बिक्री गरेर राम्रो आम्दानी हुने गरेको अर्का भेडीहर वसन्त पालले भने, “हामीबाट अन्य व्यापारीले पनि खरिद गरी साइकलमा घुम्ती व्यापार गरी लाखौँ रुपियाँ आम्दानीसमेत गरिरहेका छन् ।

”भेडापालक गडेरी किसानबाट खरिद गरी ल्याएको कम्बल खुद्रामा प्रतिकम्बल सामान्य चार हजारदेखि पाँच हजार रुपियाँसम्ममा बेच्ने गरेको घुम्ती साइकल व्यापारी भोला यादवको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्