काठमाडौं, ५ मंसिर । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद विघटनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिश असंवैधानिक र लोकतन्त्रविरोधी कदम भएकोले यसको सबैतिरबाट प्रतिवाद हुनुपर्ने बताएका छन् । उनले प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेर गैरजिम्मेवारीपूर्ण हर्कत गरेको पनि टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको भनाइ ! pic.twitter.com/ULxjj2hcwI
— Janata Samajwadi Party, Nepal (@JSPNepal) December 20, 2020
सामाजिक सञ्जाल ट्विटरमार्फत भिडिओ सन्देश जारी गर्दै डा. भट्टराईले भने, ‘यो लोकतन्त्रको मर्मविपरीत छ, संविधानको प्रावधान विपरीत छ । दुई तिहाई नजिकको नेकपाको सरकार बन्दा पनि प्रधानमन्त्रीले गैरजिम्मेवारी पूर्ण हर्कत गरेको आरोप यो लोकतन्त्रको हितमा छैन, सबैतिरबाट प्रतिवाद गरिनुपर्छ । ‘नयाँ संविधानमा हामीले देशमा राजनीतिक स्थिरता कायम गर्नकानिम्ति प्रतिनिधि सभाको कार्यकाल पाँचवर्ष कायम गरेका थियौँ । विगतको अस्थिरतालाई ध्यान दिँदै बीचमा नै संसद विघटन गरेर अस्थिरता निम्त्याउन नदिने प्रावधान राखेका थियौँ, त्यसविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष प्रस्तुत गरेको खबर प्राप्त भएको छ, यो अन्त्यन्त दुखद छ । यसले हिजोकै अस्थिरता निम्त्याएर हामीले जुन संविधानसभाबाट सुधारिएको पणाली ल्ययौँ त्यसको धजज्जी उडाएको छ,’