काठमाडौं, ५ पुष । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गर्न शीतलनिवास पुगेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैबाट ओलीको यो निर्णयको विरोध भैरहेको छ । अहिले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भने ओली भेट्न प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । file photo