काठमाडौं, ५ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता, सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले लहडमा संसद विघटनको निर्णय गरेको र उक्त निर्णय असंवैधानिक र अलोकतान्त्रिक रहेको प्रतिक्रिया दिएका छन् । उनले संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ रहेको भएपनि प्रधानमन्त्री ओलीले उक्त प्रावधानकोसमेत खिल्ली उडाएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले लेखेका छन्,”संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ। @PM_Nepal ले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।”