Logo

एक वर्षमा ७३१ प्रतिशत बढ्यो यो कम्पनीको शेयर



एजेन्सी, ५ पुस। स्पेस एक्स र अमेरिकी कार कम्पनी टेस्लाका संस्थापक एलन मस्कको सम्पत्ति नयाँ स्तरमा पुगेको छ।
टेस्लाको शेयर मूल्यमा आएको उछलसँगै ब्लूमबर्ग बिलेनियर्स इन्डेक्सका अनुसार, एलन मस्कको सम्पत्ति करिब ९ अर्ब डलरले बढेर १ खर्ब ६७ अर्ब डलर पुगेको छ ।

सोमबार वाल स्ट्रीटको सबैभन्दा प्रसिद्ध बेन्चमार्क एसएण्डपी ५०० मा टेस्ला कम्पनी डेब्यू गर्न गइरहेको छ । उक्त बेन्चमार्कमा डेब्यू गर्ने टेस्ला हालसम्मकै सबैभन्दा मूल्यवान रहेको छ ।

७३१ प्रतिशत बढ्यो टेस्लाको शेयर

यस वर्ष टेस्ला कम्पनीको शेयर ७३१ प्रतिशतले बढेको छ। शुक्रबार यो ६९५ डलरको रेकर्ड स्तरमा बन्द भयो । एसएण्डपी ५०० मा शामिल भएपछि खरिदको एउटा नयाँ क्रम सुरु हुने र कम्पनीको शेयरमा उछाल आउने अपेक्षा गरिएको थियो ।

नोभेम्बरमा समावेशको घोषणापछि टेस्लाको शेयरमा ७० प्रतिशत बढोत्तरी भएको छ । टेस्ला विश्वको सबैभन्दा भ्यालूएबल अटो कम्पनी बनेको छ, जबकि टोयटा मोटर, फोक्सवैगन र जनरल मोटर्सको तुलनामा उसको उत्पादन कम रहेको छ ।

सबैभन्दा अधिक कारोबार गर्ने शेयर बन्यो

यस वर्ष मात्र टेस्लाको शेयरमा करिब ७०० प्रतिशतको बढोत्तरी देखिएको छ । योसँगै टेस्लाको शेयर वाल स्ट्रीटमा सबैभन्दा अधिक कारोबार गर्ने शेयर बनेको छ ।

पछिल्लो १२ महिनादेखि हरेक सत्रमा कम्पनीको औसत १८ अर्ब डलर मूल्यको शेयर कारोबार हुदैँ आएको छ । यस सन्दर्भमा कम्पनीले चर्चित कम्पनी एप्पललाई पनि दोस्रो स्थानमा धकेलिदिएको छ । एप्पलको औसत दैनिक १४ अर्ब डलरकोको कारोबार रहेको छ ।-मेरोलगानी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्